Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

माफी मागेपछि सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त

माफी मागेपछि सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त

  • आइतवार, आश्विन २० २०८१

  • 579
    SHARES

  • माफी मागेपछि सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त

    काठमाडौं । माफी मागेपछि सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त भएका छन् । अदालतको अवहेलना ठहर भएका ढुंगाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए ।

    ‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारणरप्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।

    सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ’फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन÷प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३–३ महिना कैद सजाय सुनाएको थियो ।

    लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख भएअनुसार ढुंगाना र कँडेल थुनामुक्त भएका हुन् ।


    आइतवार, आश्विन २० २०८१०२:०१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij