Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाआराधना, देवीका नौ रुपको क्रमशः पूजा, काठमाडौं उपत्यकाबाट घर फर्किनेको लर्को (खासखबर)

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाआराधना, देवीका नौ रुपको क्रमशः पूजा, काठमाडौं उपत्यकाबाट घर फर्किनेको लर्को (खासखबर)

  • शनिवार, आश्विन १९ २०८१

  • 485
    SHARES

  • नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजाआराधना, देवीका नौ रुपको क्रमशः पूजा, काठमाडौं उपत्यकाबाट घर फर्किनेको लर्को (खासखबर)

    काठमाडौं। बडादशैंको अवसरमा देशविदेशमा रहेका नागरिक स्वदेश फर्किने र शहरमा भएकाहरु गाउँ फर्किने क्रम जारी रहेको छ। दशैँको रौनक यत्रतत्र शुरु भइसकेको छ भने काठमाडौं उपत्यकामा बिस्तारै सुनसान हुने क्रम छ ।

    आज नवरात्रको तेस्रो दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ। देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने प्रचलन रहेको पाइन्छ ।

    यी नवरात्रका नौ दिनमा देवीले आफ्ना विभिन्न अवतारहरु धारण गरेकी हुन्। दशैँ आश्विन शुक्लदेखि प्रतिपदासम्म हुने गर्दछ। दशैँलाई असत्यमाथि सत्यको विजयोत्सवको रुपमा मनाइने प्रचलन रहेको संस्कृति अध्येता सिर्जना बरालको भनाइ रहेको छ ।

    चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो। चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ। यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने विश्वास गरिन्छ ।

    चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौं शक्ति प्राप्त हुने विश्वास गरिन्छ। चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन्।

    आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि विश्वास रहेको छ। देवीको सुस्वास्थ्यको लागि जौको जमरा रोप्ने प्रचलन रहेको पनि संस्कृतिविद् प्राडा रामचन्द्र गौतमको भनाइ रहेको छ ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्री मद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।


    शनिवार, आश्विन १९ २०८१०८:०६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij