काठमाडौं । अविरल वर्षापछिका कारण देशका धेरैजस्तो सडकहरु अवरुद्ध छन् ।
केहि खुलिसकेका छन् भने केहि दशैं अगाडि नखुल्ने भएका छन् । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको सडक रातिदेखि एकतर्फी सञ्चालनमा आएको छ । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गबाहेक देशका अरु सबै राजमार्ग एक, दुई दिनमै सञ्चालनमा आउने दाबी गरेको छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले अघिल्लो हप्ताको बाढीपहिरोले क्षतिग्रस्त बनाएका बीपीबाहेक अरु सबै राजमार्ग पर्सि सोमवारभित्रै सञ्चालनमा ल्याउने बताउनुभएको हो ।