Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

स्याङ्जाको भालेखर्कमा जिप दुर्घटना

स्याङ्जाको भालेखर्कमा जिप दुर्घटना

  • शुक्रवार, आश्विन १८ २०८१

  • 331
    SHARES

  • स्याङ्जाको भालेखर्कमा जिप दुर्घटना

    काठमाडौं । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ ।

    सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग.१ ज ५७५६ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकको नालीमा पल्टिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी हरि पौडेलले बताउनुभयो ।

    दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । घाइते हुनेमा आँधिखोला–५ घर भएका आत्मराम सिग्देल, कलावती घिमिरे, सिर्जना चापागाईँ, अमना नेपाली, शान्तिकुमार सापकोटा, शिव सिग्देल र ३ वर्षीया सोफिया नेपाली छन् ।

    जिप चालक अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–५ घर भएका २७ वर्षीय सागर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

    घाइतेहरूलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा रिफर गरिएको डीएसपी पौडेलले जानकारी दिनुभयो ।

     


    शुक्रवार, आश्विन १८ २०८१०२:४९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij