Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु, घरघरमा घटस्थापना गरियो, जौको मात्रै जमरा राख्नु उत्तम (खासखबर)

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु, घरघरमा घटस्थापना गरियो, जौको मात्रै जमरा राख्नु उत्तम (खासखबर)

  • बिहिवार, आश्विन १७ २०८१

  • 587
    SHARES

  • नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु, घरघरमा घटस्थापना गरियो, जौको मात्रै जमरा राख्नु उत्तम (खासखबर)

    काठमाडौं। नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइने प्रचलन रहेको छ ।

    बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।

    जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि नरहेको संस्कृतिविद् प्राडा रामचन्द्र गौतमको भनाइ छ ।

    विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

    घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ। नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ। संस्कृतिविद् बालमुकुन्द देवकोटाले घटमा पवित्र जल राखेर जमरा राख्दै घटस्थापना गरिने प्रचलन रहेको छ ।

    नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

    दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। दुर्गा पूजा र दशैं पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाउने गरिएको हो ।


    बिहिवार, आश्विन १७ २०८१०८:०२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij