Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

उपत्यकालगायत केहि स्थानमा बिहानैदेखि वर्षा

उपत्यकालगायत केहि स्थानमा बिहानैदेखि वर्षा

  • बिहिवार, आश्विन १७ २०८१

  • 512
    SHARES

  • उपत्यकालगायत केहि स्थानमा बिहानैदेखि वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकालगायत केहि स्थानमा बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।

    देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

    यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    विभागका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम सफा रहने छ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

     


    बिहिवार, आश्विन १७ २०८१०७:३७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij