Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

किन घट्यो हवाई भाडा, कहाँको कति ?

किन घट्यो हवाई भाडा, कहाँको कति ?

  • बुधवार, आश्विन १६ २०८१

  • 1.7K
    SHARES

  • किन घट्यो हवाई भाडा, कहाँको कति ?

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा समेत समायोजन भएको छ । परिवर्तित हवाई इन्धनको मूल्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू गरेको हो ।

    हवाई जहाजको भाडामा इन्धनको हिस्सा झन्डै ४० प्रतिशतको हुन्छ । सोही आधारमा घटेको इन्धन शुल्कलाई समायोजन गर्नेगरि भाडा दर निर्धारण गरिएको हो ।

    नयाँ दर अनुसार काठमाडौँबाट भद्रपुर १८० रुपैयाँ, काठमाडौँ–विराटनगर १४५ रुपैयाँ, काठमाडौँ–जनकपुर ७५ रुपैयाँ, काठमाडौँ–पोखरा ९५ रुपैयाँ मूल्य घटाइएको छ ।

    त्यस्तै, काठमाडौँ–भद्रपुर ६५ रुपैयाँ, काठमाडौँ–भैरहवा १२० रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ धनगढी २६५ रुपैयाँ भाडा घटाइएको छ । परिवर्तित भाडा दर अनुसार नयाँ भाडाको माथिल्लो, मध्यम र तल्लो सीमा घटेको छ ।

    त्यस्तै, सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एटीओएल) अन्तर्गत भने नेपालगन्ज–सिमकोट १८० रुपैयाँ, नेपालगन्ज–ताल्चा ९५ रुपैयाँ, पोखरा जोमसोम ४५ रुपैयाँ शुल्क घटाइएको छ ।

    ट्रंक रुटहरूमध्ये विराटनगर–धनगढी भाडा भाडा दर ३८५ रुपैयाँसम्म घटाइए पनि यो रुटमा उडान हुने गरेको छैन । एटीओएल रुट अन्तर्गत काठमाडौँ–चौरजहारी सर्वाधिक १७५ रुपैयाँ शुल्क घटाइए पनि यो रुटमा पनि नियमित उडान हुने गरेको छैन ।

     


    बुधवार, आश्विन १६ २०८१०५:४६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij