Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आजपनि खुलेनन् यी सडकहरु

आजपनि खुलेनन् यी सडकहरु

  • बुधवार, आश्विन १६ २०८१

  • 413
    SHARES

  • आजपनि खुलेनन् यी सडकहरु

    ललितपुरको नख्खुडोलमा रहेको पुल भाँचिएकाले त्यस क्षेत्रमा आज पनि सवारी आवागमन बन्द भएको छ ।

    काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ । विभिन्न स्थानमा खसेको पहिरोको कारण बिपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आज पनि चल्न सकेका छैनन् । काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरूमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । त्यसैगरी रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीले पुल बगाउँदा खुर्कोट–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ ।

    सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।

    मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलेहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रीज बाढीले बगाउँदा आवत–जावत रोकिएको छ । यस बाहेक अन्य नाकाबाट भने सवारी साधन सञ्चालन भइरहेका छन् ।

     


    बुधवार, आश्विन १६ २०८१०२:०१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij