Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बाढीपहिरोमा परेर देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या दुई सय २८ पुग्यो

बाढीपहिरोमा परेर देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या दुई सय २८ पुग्यो

  • बुधवार, आश्विन १६ २०८१

  • 370
    SHARES

  • बाढीपहिरोमा परेर देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या दुई सय २८ पुग्यो

    काठमाडौं । बाढीपहिरोमा परेर देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ । २५ जना अझै हराइरहेका छन् उनिहरुको खोजीकार्य जारी रहेको गृह मन्त्रालयले जनाएकोछ ।

    यस्तै बाढी पहिरोमा परेर एक सय ५८ जना घाइते भएका छन् विभिन्न अस्पतालमा उनिहरुको निशुल्क उपचार भइरहेको छ ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिएको छ ।

    सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।


    बुधवार, आश्विन १६ २०८१०८:२९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij