Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आजदेखि फेरि वर्षाको सम्भावना

आजदेखि फेरि वर्षाको सम्भावना

  • बुधवार, आश्विन १६ २०८१

  • 474
    SHARES

  • आजदेखि फेरि वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागिरहेको छ तर दिउँसो पछि भने आज र भोलि वर्षाको सम्भावना रहेको छ । गत बिहिबारदेखिको अविरल वर्षाले देशमा ठुलो जनधनको क्षतीगरेको छ ।

    जनजीवन केहि सामान्य हुँदै गर्दा फेरि वर्षा हुने भएपछि सर्वसाधारण आत्तिएका छन् ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ। तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ।

    मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो।।

     


    बुधवार, आश्विन १६ २०८१०८:१६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij