Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बडादसैँको मुखैमा आएको विपत्तिले आम सर्वसाधारणमा बेचैन,अग्रिम टिकट बुकिङ रद्द, मौसममा सुधार आउन केही दिन लाग्ने (खासखबर)

बडादसैँको मुखैमा आएको विपत्तिले आम सर्वसाधारणमा बेचैन,अग्रिम टिकट बुकिङ रद्द, मौसममा सुधार आउन केही दिन लाग्ने (खासखबर)

  • मंगलवार, आश्विन १५ २०८१

  • 309
    SHARES

  • बडादसैँको मुखैमा आएको विपत्तिले आम सर्वसाधारणमा बेचैन,अग्रिम टिकट बुकिङ रद्द, मौसममा सुधार आउन केही दिन लाग्ने (खासखबर)

    काठमाडौं। नेपालीहरुको महान पर्व बडादसैँको मुखैमा आएको विपत्तिका कारण आम सर्वसाधारणहरुलाई बेचैन तुल्याएको छ। एकठाउँबाट अर्को स्थानसम्म जान निकै सकस भएको छ । ठाउँ ठाउँमा बाटोघाटो अवरुद्ध भएको छ।

    सडक सञ्जालमा समेत कतिबेला पहिरो खस्ने हो पत्तो हुँदैछ। मौसम पूर्वानुमान महाशाखाले पुनः बुधबार र बिहीबार भारी वर्षा हुने बताइसकेको छ। मनसुन भने अझै दुई दिन सक्रिय हुने मौसमविद् मीनकुमार अर्यालको भनाइ रहेको छ।

    यो अवस्थामा यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ। बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको महासंघले जनाएको छ।

    सबै सडक अवरुद्ध भएकाले काठमाडौँबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको बताइएको छ। यता, संघीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ।

    यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ।

    अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन्। आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको बताइएको छ। यो समयमा बजार पनि महंगिएको अवस्था छ।

    दैनिक ज्यालामजदूरी गरेर खाने वर्गलाई निकै समस्या भएको देखिन्छ। यो बेला पनि सरकार र तीनका प्रतिनिधिहरुको चुस्त व्यवस्थापन नहुँदा जनता मारमा परेका छन्। उल्टै सरकारले होटेल अनुगमन नगर्ने निर्णय गरेर आफ्नो असली चरित्र देखाएको छ।


    मंगलवार, आश्विन १५ २०८१०८:००:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij