Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुनः बदली

विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुनः बदली

  • मंगलवार, आश्विन १५ २०८१

  • 343
    SHARES

  • विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुनः बदली

    काठमाडौं । विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुनः बदली भएको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट फेरि बदली सुरू भएको हो । अहिले कोशीमा बादलले ढाकिसकेको छ । भने, त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।

    यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ । तर, ठूलो अनि लगातारको वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

    यसअघि ३ दिनको लगातारको झरीले देशभर जमिन गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

    आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ ।


    मंगलवार, आश्विन १५ २०८१०१:५५:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij