Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बाढीपहिरोका कारण देशभर अहिलेसम्म दुई सय १७ जनाको मृत्यु, २८ बेपत्ता

बाढीपहिरोका कारण देशभर अहिलेसम्म दुई सय १७ जनाको मृत्यु, २८ बेपत्ता

  • मंगलवार, आश्विन १५ २०८१

  • 351
    SHARES

  • बाढीपहिरोका कारण देशभर अहिलेसम्म दुई सय १७ जनाको मृत्यु, २८  बेपत्ता

    काठमाडौँ । बाढीपहिरोका कारण देशभर अहिलेसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।

    प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिनुभयो ।

    बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।


    मंगलवार, आश्विन १५ २०८१०७:५८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij