Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बाढीपहिरो अपडेटः मृतकको संख्या १९२ पुग्यो, अझै ३० जना बेपत्ता

बाढीपहिरो अपडेटः मृतकको संख्या १९२ पुग्यो, अझै ३० जना बेपत्ता

  • सोमवार, आश्विन १४ २०८१

  • 557
    SHARES

  • बाढीपहिरो अपडेटः मृतकको संख्या १९२ पुग्यो, अझै ३० जना बेपत्ता

    काठमाडौं। अविरल वर्षापछी आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या १९२ पुगेको छ । गृहमन्त्रालयका अनुसार अझै ३० जना बेपत्ता भएका छन् ।

    गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार प्राकृतिक विपद्मा १९४ जना घाइते भएका छन्। बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ।

    बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनु भयो ।


    सोमवार, आश्विन १४ २०८१०७:४३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij