काठमाडौं। काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरिएको छ। गृह मन्त्रालयले यी दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आइतबार सरुवा गरेको हो ।
मन्त्रालयका अनुसार काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई र धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे दुबै जनालाई गृह मन्त्रालयमा तानिएको हो।
उनिहरुलाई गृहमा तानेपछी मन्त्रालयले सहसचिवद्वय उमेश ढकाललाई काभ्रेपलाञ्चोक र सुमन घिमिरेलाई धादिङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।