Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सहुलियत मूल्यमा हवाई सेवा दिन प्रधानमन्त्री ओलीको आग्रह

सहुलियत मूल्यमा हवाई सेवा दिन प्रधानमन्त्री ओलीको आग्रह

  • आइतवार, आश्विन १३ २०८१

  • 648
    SHARES

  • सहुलियत मूल्यमा हवाई सेवा दिन प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध भएको समयमा सहुलियत मूल्यमा हवाई सेवा दिन एयरलाइन्स कम्पनीहरूसँग आग्रह गर्नुभएको छ।

    उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, लगातारको वर्षा र बाढी पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ। हवाई भाडा अरू बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ।

    हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ।

    ओलीले नेपाल सरकार पर्यटन मन्त्रालयले पनि हवाई यात्रुको लागि र उद्धार उडानको लागि विशेष निर्णय गरेको उल्लेख गर्दै प्राकृतिक विपत्ति सबै मिलेर सामना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।


    आइतवार, आश्विन १३ २०८११२:५५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij