Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

विपद्मा सबै एक जुट हुन र संयमित रहन उर्जामन्त्री खड्काको आह्वान

विपद्मा सबै एक जुट हुन र संयमित रहन उर्जामन्त्री खड्काको आह्वान

  • आइतवार, आश्विन १३ २०८१

  • 437
    SHARES

  • विपद्मा सबै एक जुट हुन  र संयमित रहन उर्जामन्त्री खड्काको आह्वान

    काठमाडौं । गत बिहिबारदेखिको लगातारको भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ यस्तै ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।

    वर्षाले काठमाडौंलाई विद्युत सप्लाई गर्नेमुख्य प्रसारण लाइन अवरुद्ध भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले विपद्मा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

    उद्धार, बेपत्ताको खोजी, राहत, घाइतेको स्वास्थ्य उपचार गर्न सरकार गम्भीर रहेको मन्त्री खड्काले प्रेस विज्ञप्तीमार्फत उल्लेख गर्नुभएको छ ।

    461595499_9104285446268202_5581730181268812123_n.jpg

    यस्तै उहाँले देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह समेत गरेका छन् ।

    यसैबीच, सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय यसअघि नै गरिसकेको छ ।

    घाइतेहरूको निःशुल्क उपचार गर्ने र अवरुद्ध सडकहरू अविलम्ब खोल्नका लागि यातायात मन्त्रालयले पहल गर्ने निर्णय समेत भएको छ ।

    बाढी–पहिरोले अवरुद्ध टेलिफोन, बिजुली, खानेपानीलगायत सुचारूका लागि सम्बन्धित मन्त्रालयलाई आ–आफ्नो ठाउँबाट समन्वयात्मक ढंगले समस्या समाधानका लागि पहल गर्ने पनि मन्त्री खड्काले विज्ञप्तीमार्फत बताउनुभएको छ । यस्तै मन्त्री खड्काले विप्दमा सबै एकजुट हुन स संयमित र सतर्क रहन सबैमा आह्वान गर्नुभएको छ ।


    आइतवार, आश्विन १३ २०८१०९:४५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij