Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

  • आइतवार, आश्विन १३ २०८१

  • 558
    SHARES

  • सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च

    काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च भएको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड छ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

    यसअघि कोशी ब्यारेज भएर सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । त्यसपछि आज सबैभन्दा उच्च बहाब हो । गएराती १० बजेर २५ मिनेटमा सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड छ लाख २० हजार क्युसेक मापन गरिएको थियो । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् ।

    सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भू–भागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले अनुरोध गरेको छ ।

    लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र गाडीलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।  


    आइतवार, आश्विन १३ २०८१०८:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij