Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

लगातारको वर्षा रोकियो,आजदेखि मौसममा सुधार

लगातारको वर्षा रोकियो,आजदेखि मौसममा सुधार

  • आइतवार, आश्विन १३ २०८१

  • 593
    SHARES

  • लगातारको वर्षा रोकियो,आजदेखि मौसममा सुधार

    काठमाडौं । गत बिहिबारदेखिको लगातारको वर्षा आज आइतबारदेखि भने कम हुने भएको छ । मौसमविद्का अनुसार आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि मौसम सफा छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी प्रदेशका पनि थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिनुभएको छ । भोलि बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।


    आइतवार, आश्विन १३ २०८१०८:१५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij