Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एन्फाले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन

एन्फाले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन

  • शनिवार, आश्विन १२ २०८१

  • 501
    SHARES

  • एन्फाले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् । शक्रबार एन्फा एकेडेमीका सुरक्षाकर्मीलाई छलेर भागेका ६ जना विद्यार्थीहरु सम्पर्कविहीन भएका हुन् ।

    बिहीबारदेखि परेको वर्षाका कारण शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएका उनीहरु बगाउने डरले सुरक्षाकर्मीलाई छलेर भागेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्क विहीन भएका हुन् ।

    कार्यालयकी प्रमुख प्रहरी निरिक्षक ललिता ढकालका अनुुसार एकेडेमीका खेलाडी कुलेखानीको बाढीबाट बच्न भन्दै सुरक्षाकर्मीलाई छलेर भागेको जानकारी आएको बताउनुभयो ।

    उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको छ । एन्फा केन्द्रीय सदस्य टिकाराम लामाका अनुसार बेपत्ता हुने विद्यार्थीहरुमा अनुप घलान मकवानपुर, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन् ।

    एन्फाले सिस्नेरीमा गतवर्ष पहिलो पटक एकेडेमी संचालन गरेको थियो ।

     


    शनिवार, आश्विन १२ २०८१०२:०५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij