Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक

कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक

  • शनिवार, आश्विन १२ २०८१

  • 564
    SHARES

  • कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक

    काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक लगाइएको छ ।

    शनिबार साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि सर्वसाधारणलाई हिँड्न रोक लगाइएको ब्यारेजले जनाएको छ ।

    ब्यारेजमा पानीको बहाव बढ्दो छ । उच्च खतराको तह पार गरेका कारण पैदलयात्रीलाई आवतजावतमा रोक लगाए पनि सवारीसाधन आवतजावत भने खुला छ ।

    ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले ५६ वटै ढोका खोलेको छ ।

    भारतीय पक्षले कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने अनुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ । भारतीय पक्षले पानीको बहाव उच्च हुने आकलन गरेपछि सतर्कता अपनाइएको उहाँले बताउनुभयो।

    कोशीमा बहाव उच्च भएपछि भारतको पटनास्थित जल संशाधन विभागले ब्यारेजमा बाढीको बहाव ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने बताएको थियो । बहाव उच्च हुँदा डुबानको जोखिम हुने भन्दै विभागले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लामा सतर्कता अपनाउन भनेको छ ।

     


    शनिवार, आश्विन १२ २०८१०१:३८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij