काठमाडौं । बिहिबारदेखिको लगातारको वर्षाकापछिको बाढिपहिरोका कारण देशभर अहिलेसम्म ११ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । मृतक र वेपत्ताको संख्या यो भन्दा धेरै भएको हुनसक्ने अनुमान गरिएको छ।
पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ ।
काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । काठमाडौंमा बाढी र पहिरोमा परेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धादिङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । ७६० जना सकुशल उद्दार गरिएको छ । १६२ घरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । वर्षा भोलि साँझसम्मनै हुने भएकाले उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।