Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा बस पुरियो, विस्तृत विवरण आउन बाँकी

मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा बस पुरियो, विस्तृत विवरण आउन बाँकी

  • शनिवार, आश्विन १२ २०८१

  • 1.1K
    SHARES

  • मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा बस पुरियो, विस्तृत विवरण आउन बाँकी

    काठमाडौं । मुग्लिङ–काठमाडौं सडक खण्डको झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेका अनुसार विस्तृत जानकारी आइनसके पनि त्यहाँ बस पुरिएको खबर भने प्राप्त भएको छ । बसमा सवार कति थिए र उनिहरुको अवस्थाबारेमा भने पूरा जानकारी आइसकेको छैन ।

    बिहिबारदेखिको लगातारको वर्षा भोलि आइतबारसम्मै हुने भएको छ । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ । झरीका कारण देशभरको जवजीवन अस्तव्यस्त बनेको छ ।

    केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।

    नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।

    काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।


    शनिवार, आश्विन १२ २०८१०७:०१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij