Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

मौसममा आएको खराबीले आन्तरिक उडान स्थगित

मौसममा आएको खराबीले आन्तरिक उडान स्थगित

  • शनिवार, आश्विन १२ २०८१

  • 505
    SHARES

  • मौसममा आएको खराबीले आन्तरिक उडान स्थगित

    काठमाडौं । अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबारबिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान शनिबार बिहानसम्मका लागि स्थगित भएको बताएको छ ।

    प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडानहरू शनिबार बिहानसम्म स्थगित गरिएको छ प्राधिकरणद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

    विगत १५ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।

     


    शनिवार, आश्विन १२ २०८१०६:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij