Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

देशका धेरै स्थानमा लगातार वर्षा, आइतबार साँझसम्म नै रहने सम्भावना

देशका धेरै स्थानमा लगातार वर्षा, आइतबार साँझसम्म नै रहने सम्भावना

  • शनिवार, आश्विन १२ २०८१

  • 547
    SHARES

  • देशका धेरै स्थानमा लगातार वर्षा,  आइतबार साँझसम्म नै रहने सम्भावना

    काठमाडौँ । देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ । बिहिबार रातीदेखिको वर्षा आइतबार साँझसम्म नै रहने सम्भावना रहेको छ ।

    देशभर भइरहेको अविरल वर्षाले जनजीवन अस्तव्‍यस्त बनेको छ। देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डक र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक(दुई स्थानहरूमा अति धेरै वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    आइतबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ । मधेस,बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।


    शनिवार, आश्विन १२ २०८१०६:३४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij