Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडकमा आज राति सवारी चलाउन रोक

नारायणगढ–मुग्लिन सडकमा आज राति सवारी चलाउन रोक

  • शुक्रवार, आश्विन ११ २०८१

  • 420
    SHARES

  • नारायणगढ–मुग्लिन सडकमा आज राति सवारी चलाउन रोक

    काठमाडौं। अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोकिने भएको छ।

    जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।

    समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने जानकारी दिनुभयो। अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन्।

    नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिनुभयो। आज दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ।

     


    शुक्रवार, आश्विन ११ २०८१०५:२४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij