Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बलात्कारमा फसाइदिने भन्दै धम्की दिने इन्सपेक्टर शाहीमाथि छानबिन

बलात्कारमा फसाइदिने भन्दै धम्की दिने इन्सपेक्टर शाहीमाथि छानबिन

  • बिहिवार, आश्विन १० २०८१

  • 1.1K
    SHARES

  • बलात्कारमा फसाइदिने भन्दै धम्की दिने इन्सपेक्टर शाहीमाथि छानबिन

    काठमाडौं । ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेपछि छानबिन थालिएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो । घटनाको छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ । ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयो ।

    स्रोतका अनुसार हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै शाहीले युवतीसँग मिलेर ३० लाख पैसा लिएको पाइएको छ ।


    बिहिवार, आश्विन १० २०८१०२:१२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij