Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूको हातपात

लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूको हातपात

  • मंगलवार, आश्विन ८ २०८१

  • 621
    SHARES

  • लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूको हातपात

    काठमाडौं । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन् ।

    राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमणमा उत्रेका हुन्।

    उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेका हुन्। सदस्य सचिव शाक्यको मुखमा चोट लागेको कोषका प्रेस विज्ञ विनोद परियारले जानकारी दिएका छन् ।

    केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक रूपमा आक्रमण गरिएको हो ।

     


    मंगलवार, आश्विन ८ २०८१०४:४४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij