Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

देशभर मौसम सामान्यतया सफा, आगामी तीन दिनको पूर्वानुमान यस्तो छ

देशभर मौसम सामान्यतया सफा, आगामी तीन दिनको पूर्वानुमान यस्तो छ

  • सोमवार, कार्तिक २४ २०७७

  • 1.4K
    SHARES

  • देशभर मौसम सामान्यतया सफा, आगामी तीन दिनको पूर्वानुमान यस्तो छ

    काठमाडौं । अहिले देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

    यस्तो छ तीन दिनको पूर्वानुमान

    कार्तिक २४ गते (सोमबार)
    दिउँसो : देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

    राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    कार्तिक २५ गते (मंगलबार)
    दिउँसो : सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भुभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

    राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    कार्तिक २६ गते (बुधबार)
    दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    सोमवार, कार्तिक २४ २०७७०७:३०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij