Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सुदर्शन सहकारी र गोरखा मिडिया नेटवर्कको अनुसन्धानमा सीआईबीको टोली खटिने

सुदर्शन सहकारी र गोरखा मिडिया नेटवर्कको अनुसन्धानमा सीआईबीको टोली खटिने

  • मंगलवार, आश्विन ८ २०८१

  • 412
    SHARES

  • सुदर्शन सहकारी र गोरखा मिडिया नेटवर्कको अनुसन्धानमा सीआईबीको टोली खटिने

    काठमाडौं। सुदर्शन सहकारी र गोरखा मिडिया नेटवर्क जोडिएको ठगी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पनि अनुसन्धानमा खटिने भएको छ।

    सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले अनुसन्धानमा प्राविधिक सहयोगको लागि प्रहरी निरीक्षक नेतृत्वको दुई सदस्यीय टोली जाने बताउनुभयो । यो प्रकरणको अनुसन्धान कास्की प्रहरीले गरिरहेको छ।

    संसदीय विशेष छानबिन समितिको सिफारिसपछि प्रहरीले गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

    यसअघि सहकारी मात्रको ठगी प्रकरणमा पनि सीआईबीले अनुसन्धानमा प्राविधिक सहयोग गरेको थियो।

     


    मंगलवार, आश्विन ८ २०८१०२:०१:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij