Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

मिथिला क्षेत्रमा जितिया पर्वको विधि शुरु

मिथिला क्षेत्रमा जितिया पर्वको विधि शुरु

  • सोमवार, आश्विन ७ २०८१

  • 646
    SHARES

  • मिथिला क्षेत्रमा जितिया पर्वको विधि शुरु

    काठमाडौं । मिथिला क्षेत्रमा जितिया पर्वको विधि शुरु भएको छ। नहा खा (नुहाएर खानु) विधि गर्दै सोमबार व्रतको थालनी गरिएको हो।

    भोलिपल्ट बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सिपल्ट साँझ समापन गरिन्छ।

    उपवास बस्नुअघि महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा जितमाहन देवता र आफ्ना पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्छन्।

    पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ। 

    व्रतको मुख्य दिन व्रतालुले काग कराउनुभन्दा पहिल्यै ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ। आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने जलेश्वर नगरपालिका-८ का पण्डित बद्रीनारायण झा बताउँछन्।

    सयौँ व्रतालुहरुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, बरुणसागर, भार्गवसरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्। 

    जितिया पुत्रप्राप्ति,सन्तानको दीर्घजीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइन्छ। यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव रायका अनुसार यो पर्वले मिथिला महिलाको साँस्कृतिक भूमिका उजागर गर्छ।


    सोमवार, आश्विन ७ २०८१०९:५१:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij