Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम

उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम

  • सोमवार, आश्विन ७ २०८१

  • 445
    SHARES

  • उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागरिहेको छ ।

    देशका केही भागमा सोमबार बिहानैदेखि मौसम बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाँकी भूभागमा आंशिक बदली छ।

    दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रही मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, मधेश र बागती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

     


    सोमवार, आश्विन ७ २०८१०७:३४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij