Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

यस वर्ष दशैं टिकाको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट उत्तम

यस वर्ष दशैं टिकाको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट उत्तम

  • शनिवार, आश्विन ५ २०८१

  • 849
    SHARES

  • यस वर्ष दशैं टिकाको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट उत्तम

    काठमाडौं । यस वर्ष विजयादशमीको शुभसाइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटका लागि उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ८ बजेर ३३ मिनेटदेखि देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

    विजयादशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो ।

    यस वर्षको नवरात्र अर्थात दशैँ यही असोज १७ गते बिहीवारदेखि शुरु हुँदैछ । त्यस दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको समितिले जनाएको छ ।

    साथै असोज १८ गते शुक्रवार झण्डा फर्ने ९पश्चिम मोहडा० ९ः१४ बजे, असोज २२ गते मङ्गलवार पचलीभैरव यात्रा, असोज २४ गते बिहीवार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७ः११ बजे र स्थिरासन बिहान ८ः४३ बजे साइत रहेको समितिले जनाएको छ ।


    शनिवार, आश्विन ५ २०८१०८:१७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij