Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित

  • शुक्रवार, आश्विन ४ २०८१

  • 575
    SHARES

  • नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित

    काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।

    नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही असोज १२ गते मतदान गर्ने कार्यतालिका थियो । त्यसका लागि उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते आज निर्धारण गरिएको थियो ।

    तर नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

    कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गर्नुभएको थियो । सोही पत्रअनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगित गरेको सूचना जारी गरेको हो ।

    सूचनामा केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव भक्तिराम घिमिरे तथा सदस्यहरु अरुण पौड्याल, विष्णुमाया भुसाल, शालिकराम सापकोटा, कपिलचन्द्र पोखरेल, देवेन्द्र झा र चिरञ्जीवी खनालको हस्ताक्षर छ ।

    सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिनुभएको छ ।


    शुक्रवार, आश्विन ४ २०८१११:३६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij