Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्क नवौँ वर्ष प्रवेश, वार्षिकोत्सवका अवसरमा संविधान संशोधनको आवश्यकता र चुनौतिका विषयमा अन्तरक्रिया, सहमतिमै संशोधन गर्नुपर्नेमा सबैको जोड(खासखबर)

नेपाली रेडियो नेटवर्क नवौँ वर्ष प्रवेश, वार्षिकोत्सवका अवसरमा संविधान संशोधनको आवश्यकता र चुनौतिका विषयमा अन्तरक्रिया, सहमतिमै संशोधन गर्नुपर्नेमा सबैको जोड(खासखबर)

  • बिहिवार, आश्विन ३ २०८१

  • 542
    SHARES

  • नेपाली रेडियो नेटवर्क नवौँ वर्ष प्रवेश, वार्षिकोत्सवका अवसरमा संविधान संशोधनको आवश्यकता र चुनौतिका विषयमा अन्तरक्रिया, सहमतिमै संशोधन गर्नुपर्नेमा सबैको जोड(खासखबर)

    काठमाडौं। नेपाली रेडियो नेटवर्कले आफ्नो नवौँ वर्ष प्रवेशका अवसरमा संविधान संशोधनको आवश्यकता र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ। संविधान दिवसकै दिन विक्रम सम्वत् २०७३ साल असोज ३ गतेदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेटवर्कले संविधान संशोधन आवश्यकता र चुनौतिका विषयमा विभिन्न क्षेत्रका विज्ञ र नेताहरुसँग छलफल गरेको हो।

    नेटवर्कको वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संविधान लागू गर्न र कार्यान्वयनका लागि हरेक पार्टीमा अब्बल नेता आवश्यक रहेको बताउनुभयो।

    नेपाली रेडियो नेटवर्कको वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेकपा एमालेकी नेतृ पद्मा अर्यालले अहिलेको अवस्थामा दलहरुबीच सहमति गरेरै संविधान संशोधन गर्नुपर्ने तर्क गर्नुभयो। हरेक क्षेत्रका नागरिकका आवाजहरुलाई समेटेर मात्रै संविधानले पूर्णता पाउने उहाँको धारणा थियो।

    माओवादी केन्द्रका महासचिव देव गुरुङले अग्रगामी दिशामा जानका लागि मात्रै संविधान संशोधनमा तयार हुन सकिने जिकिर गर्नुभयो। अहिलेको अवस्थामा पश्चगमनतिर जान नसकिने भएकोले यथास्थितिमा कार्यान्वयन पट्टी ध्यान दिनुपर्ने उहाँको धारणा थियो।

    संविधानविद् निलाम्बर आचार्यले जतिसुकै राम्रो संविधान भएपनि आर्थिक विकास र समृद्धि नहुने हो भने त्यसको अर्थ नहुने बताउनुभयो। आमनागरिकमा डेलेभरी दिनसक्ने गरी संविधान बन्नुपर्ने उहाँको धारणा छ। नेटवर्कका अध्यक्ष ऋषि धमलाले संविधान कार्यान्वयनका लागि आफूहरुले सहयोगी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    नेटवर्कका तर्फबाट हरेक सहयोग गर्न तयार रहेको बताउँदै अध्यक्ष धमलाले नेताहरुलाई सुध्रिन चुनौति दिनुभयो ।कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले संविधान संशोधनका चुनौतिहरुलाई मध्येनजर गरेर सबैको सर्वसम्मति आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रममा बोल्दै एनआरएनए अभियन्ता आरके शर्माले मुलुकको विकास र समृद्धिका लागि उत्कृष्ट संविधान आवश्यक रहेको बताउँदै जसको खबरदारी सञ्चारमाध्यमले गर्नुपर्ने बताउनुभयो।कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक अमृत अधिकारीले नेटवर्कलाई सहयोग गर्ने सबैप्रति शुभेच्छा प्रकट गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले गर्नुभएको थियो।

    नेटवर्कका हरेक बुलेटिन अहिले देशभरीका झण्डै ३०० रेडियोहरूबाट प्रसारण हुने गरेको छ।नेटवर्क अन्तर्गत अहिले काठमाडौमा आफ्नै रेडियो एनआरएन ९९.१, समाचारमुलक अनलाईन नेपाली नेटवर्क डटकम, नेपाली नेटवर्क अनलाइन टिभी र समय टिभी गरी पाँच ओटा सञ्चार माध्यम रहेका छन् ।

    सेयरकाष्ट नामक अनुसन्धान संस्थाले गरेको सर्वेक्षण अनुसार नेपाली रेडियो नेटवर्कका सामग्रीहरु दैनिक कम्तीमा ५० लाख मानिसले सुन्ने गरेका छन् ।


    बिहिवार, आश्विन ३ २०८१०८:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij