Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्कको आज आठौँ वार्षिकोत्सव, आगामी बर्ष ‘जनजीविकाका’ विषयमा केन्द्रीत हुने

नेपाली रेडियो नेटवर्कको आज आठौँ वार्षिकोत्सव, आगामी बर्ष ‘जनजीविकाका’ विषयमा केन्द्रीत हुने

  • बिहिवार, आश्विन ३ २०८१

  • 796
    SHARES

  • नेपाली रेडियो नेटवर्कको आज आठौँ वार्षिकोत्सव, आगामी बर्ष ‘जनजीविकाका’ विषयमा केन्द्रीत हुने

    काठमाडौँ । संसारभरका नेपालीहरुका बीचमा छोटो समयमै लोकप्रिय हुन सफल नेपाली रेडियो नेटवर्क आजबाट नवौँ वर्षमा प्रवेश गरेको छ । विक्रम सम्वत् २०७३ साल असोज ३ गते संविधान दिवसका दिनदेखि औपचारिक रुपमा प्रसारण आरम्भ गरेको नेटवर्क अहिले देशभरीका झण्डै ३०० रेडियोहरूबाट घन्किने गरेको छ ।

    नेटवर्क अन्तर्गत अहिले काठमाडौमा आफ्नै रेडियो एनआरएन ९९.१, समाचारमुलक अनलाईन नेपाली नेटवर्क डटकम, नेपाली नेटवर्क अनलाइन टिभी र समय टिभी गरी पाँच ओटा सञ्चार माध्यम रहेका छन् । त्यस बाहेक फेसबुक, टिकटक, ट्विटर, हाम्रोपात्रो, नेपालीपात्रो लगायतका समामाजिक सञ्जाल र अनलाइनहरुबाट पनि नेपाली रेडियो नेटवर्कका सामग्रीहरु प्रसारण हुने गरेका छन् ।

    सेयरकाष्ट नामक अनुसन्धान संस्थाले गरेको सर्वेक्षण अनुसार नेपाली रेडियो नेटवर्कका सामग्रीहरु दैनिक कम्तीमा ५० लाख मानिसले सुन्ने गरेका छन् ।

    नेटवर्कका अध्यक्ष तथा चर्चित पत्रकार ऋषि धमलाले सञ्चालन गर्दै आउनु भएको विहान ६ देखि ७ बजेसम्म प्रसारण हुने नेपाली बहस र बेलुका आठ बजेको बुलेटिनमा प्रसारण हुने गरेको जनता जान्न चाहन्छन कार्यक्रम नेपाली रेडियो कार्यक्रमहरु मध्ये सर्वाधिक लोकप्रिय छन ।

    हरेक दिन बिहान ५ बजेदेखि राती १० बजेसम्म प्रसारण हुने नेपाली रेडियो नेटवर्कबाट बिहान साढे पाँच बजेदेखि बेलुका साढे आठ बजेसम्म हरेक घण्टा समाचारमूलक बुलेटिन नेपाली खवर प्रसारण हुने गरेको छ । यसबीचमा धेरै शिक्षामुलक, चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रसारण हुने गरेका छन् । यही शिलशिलामा अघिल्लो बर्षको साउन १ गतेदेखि स्थानीय तहको आवाजलाई देशव्यापी गराउन नेपाली वहस अन्तर्गत पालिका वहस पनि प्रसारण हुदै आएको छ ।

    आगामी बर्ष जनजिविकासँगै नीतिगत पैरवी गर्ने, विभिन्न विषयमा सचेतना जगाउने, सूचनाको बाढीमा सत्य सूचना पहिचान गराउने काममा नेपाली रेडियो नेटवर्कले काम गर्ने नेटवर्कका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो । उहाँले स्वदेशमै केही गर्न सकिन्छ भन्ने र देशमै आशा जगाउने अभियानमा पनि योगदान गर्ने सोँच बनाएको बताउनु भयो ।

    समाचार तथा कार्यक्रमहरू गर्दा सन्तुलन र विश्वसनीयतामा सधैँ अत्यधिक सतर्क हुने गरेको समाचार निर्देशक जीवन भण्डारीको भनाई छ । पत्रकारिताको मर्म र धर्मबाट कहिल्यै विचल्लित नभएको र नहुने पनि उहाँले अठोट व्यक्त गर्नुभयो ।

    नेटवर्कका प्रवन्ध निर्देशक अमृत अधिकारीले रेडियोलाई साथ दिनु भएका हाम्रा श्रोता, सहयात्री रेडियोहरू, विज्ञापनदाता र सुवेच्छुकहरुप्रति आठौँ वार्षिकोत्सवका अवसर आभार प्रकट गर्नु भएको छ । उहाँले भविश्यमा पनि अझ बढी सहयोग पाउने अपेक्षा पनि व्यक्त गर्नु भएको छ ।


    बिहिवार, आश्विन ३ २०८१०६:२१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij