Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अरुण नदीमा ट्रयाक्टर खस्यो, दुईजनाको मृत्यु

अरुण नदीमा ट्रयाक्टर खस्यो, दुईजनाको मृत्यु

  • बुधवार, आश्विन २ २०८१

  • 467
    SHARES

  • अरुण नदीमा ट्रयाक्टर खस्यो, दुईजनाको मृत्यु

    काठमाडौं। अरुण नदीमा ट्रयाक्टर खस्दा दुईजनाको मृत्यु भएको छ। सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारको भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा ट्रयाक्टर खसेर दुर्घटनामा परेको हो।

    खाँदबारी किमाथांका सडकखण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्रयाक्टर भीरबाट खस्दा त्यसमा सवार दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका छन्। ट्रयाक्टर नदीले बगाएकोले नम्बर खुल्न सकेको छैन।

     


    बुधवार, आश्विन २ २०८१०३:२०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij