Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इन्द्रजात्रा समारोहमा उपमेयर सुनीता डंगोलले गरिन् काठमाडौं महानगरको नेतृत्व

इन्द्रजात्रा समारोहमा उपमेयर सुनीता डंगोलले गरिन् काठमाडौं महानगरको नेतृत्व

  • मंगलवार, आश्विन १ २०८१

  • 397
    SHARES

  • इन्द्रजात्रा समारोहमा उपमेयर सुनीता डंगोलले गरिन् काठमाडौं महानगरको नेतृत्व

    काठमाडौं । इन्द्रजात्राका अवसरमा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य व्यक्ति समारोहमा उपस्थित छन् ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह भने समारोहमा अनुपस्थित रहे । उनले अघिल्लो वर्ष इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरुलाई पनि बोलाएका थिए । तर, यसपालि आफैंले अघोषित बहिष्कार गरेका छन् । इन्द्रजात्रा छल्नकै लागि बालेन भारतको बैंगलोर पुगेको सचिवालयको दाबी छ ।

    sunita.PNG

    आज उनी फर्किने सेड्यूल भए पनि इन्द्रजात्रामा सहभागी नहुने निधो थियो । समारोहमा बालेनका केही समर्थकहरु उनको नाम र तस्विर अंकित टिसर्ट लगाएर पुगेका थिए । कार्यक्रम सुरु नहुँदै पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    इन्द्रजात्रा समारोहमा काठमाडौं महानगरको नेतृत्व उपमेयर सुनीता डंगोलले गरिन् । उनले राष्ट्रपतिसहित विशिष्ट पाहुनाहरुलाई स्वागत गरेकी थिइन् ।

     


    मंगलवार, आश्विन १ २०८१०५:३४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij