Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा

देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा

  • मंगलवार, आश्विन १ २०८१

  • 493
    SHARES

  • देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको मौसममा बदली छ । केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ यस्तै दिउँसो पनि वर्षाको सम्भावना रहेको छ ।

    देशका केही भूभागमा आज बिहान वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोशी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाअनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी प्रदेशका तराई भूभाग तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    मंगलवार, आश्विन १ २०८१०७:१२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij