काठमाडौं । कञ्चनपुरमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वेदकोट नगरपालिका २, बसन्थलाका २२ वर्षीय पारसमणि जोशी, सोही नगरपालिका १, पिपलथलाका केदार विष्ट र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट छन् । उनीहरुको साथबाट एकथान पेस्तोल र म्यागेजिनसहित फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । उक्त घटनामा प्रयोग भएको से.६ प २२६३ नम्बरको मोटरसाइकल र दुईथान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ ।
वेदकोट नगरपालिका ५, पोलखरीका ५२ वर्षीय पुष्कर बोहोराको घरनजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ अपरिचित ७–८ जना व्यक्ति आएका थिए । उनीहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद तीन लाख ९५ हजार र तीनथान मोबाइल लुटी फरार भएका थिए ।
सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।