Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सिमलतालबाट ट्रक त्रिशूलीमा खस्यो

सिमलतालबाट ट्रक त्रिशूलीमा खस्यो

  • आइतवार, भाद्र ३० २०८१

  • 562
    SHARES

  • सिमलतालबाट ट्रक त्रिशूलीमा खस्यो

    काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट मालबाहक ट्रक त्रिशूली नदी किनारमा खसेको छ।

    चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट मालवाहक ट्रक त्रिशूली नदी किनारमा खसेको हो।

    खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ६२८३ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    दुर्घटना ग्रस्त ट्रकका चालक र सह चालक अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।


    आइतवार, भाद्र ३० २०८१०९:१४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij