Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा...

आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा...

  • आइतवार, भाद्र ३० २०८१

  • 514
    SHARES

  • आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा...

    काठमाडौ‌। आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    विभागका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

    कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ । यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    कोशी, बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।


    आइतवार, भाद्र ३० २०८१०७:३६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij