Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बागलुङमा पुनर्निमाण गरिरहेको घर भत्किँदा एक जनाको मृत्यु, ११ मजदूर घाइते

बागलुङमा पुनर्निमाण गरिरहेको घर भत्किँदा एक जनाको मृत्यु, ११ मजदूर घाइते

  • शनिवार, भाद्र २९ २०८१

  • 443
    SHARES

  • बागलुङमा पुनर्निमाण गरिरहेको घर भत्किँदा एक जनाको मृत्यु, ११ मजदूर घाइते

    काठमाडौं । बागलुङमा घर भत्काई पुनः निर्माण गर्ने क्रममा गाह्रो भत्किँदा एक जनाको मृत्यु भएको छ ।

    बागलुङ ढोरपाटन नगरपालिका –१ स्वामीचोकमा ५५ वर्षीय बेगबहादुर विकको घरको गाह्रो भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    गाह्रो भत्किँदा अन्य ११ मजदुर घाइते भएको बागलुङ प्रहरीका डीएसपी विजय यादवले जानकारी दिनुभयो ।


    घाइते हुनेमा बागलुङका ३४ वर्षीय खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय इन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ४० वर्षीया देविसरा विक, ३० वर्षीया किथमकुमारी विक, ३८ वर्षीय कीखममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक, ५१ वर्षीया टेकमाया रसाइली, रुपन्देहीका २६ वर्षीय शंकर पन्थी र काठमाडौं २४ वर्षीय सुगान्त पौडेल छन् ।

    घाइतेलाई उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवङ बागलुङ पठाइएको डीएसपी यादवले जानकारी दिनुभयो ।

     


    शनिवार, भाद्र २९ २०८१०४:३१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij