Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बागलुङमा हिजो भएको जीप दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणपछि आजै परिवारलाई बुझाइने

बागलुङमा हिजो भएको जीप दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणपछि आजै परिवारलाई बुझाइने

  • शनिवार, भाद्र २९ २०८१

  • 479
    SHARES

  • बागलुङमा हिजो भएको जीप दुर्घटनामा मृत्यु भएकाको शव परीक्षणपछि आजै परिवारलाई बुझाइने

    काठमाडौं । बागलुङको गलकोटमा जीप दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणपछि आज साँझसम्म परिवारलाई बुझाइने भएको छ ।

    मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । अहिले मृतकको शव परीक्षण भइरहेको र साँझसम्म शव परिवारको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।

    हिजो बिहान गलकोट नगरपालिका–२ को भुङ्खानीमा काठमाडौंबाट पूर्वी रुकुमतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको पिकअप जीप सडकदेखि ३०० मिटर तल खस्दा तीनजनाको मृत्यु भएको थियो ।

    घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, उहाँकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नं. ३ का अध्यक्ष जसवीर सिर्पालीको निधन भएको हो ।

    घटनामा गम्भीर घाइते चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि पोखरामा थप उपचार भइरहेको छ ।


    शनिवार, भाद्र २९ २०८१११:१०:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij