Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बाग्लुङको गलकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाग्लुङको गलकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • शुक्रवार, भाद्र २८ २०८१

  • 617
    SHARES

  • बाग्लुङको गलकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    काठमाडौं । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको हो ।

    बाग्लुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार गलकोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।

    दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बाग्लुङ अस्पताल पठाइएको छ ।


    शुक्रवार, भाद्र २८ २०८११०:५२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij