Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दार्चुलामा जिप दुर्घटना, १० जना घाइते

दार्चुलामा जिप दुर्घटना, १० जना घाइते

  • बिहिवार, भाद्र २७ २०८१

  • 641
    SHARES

  • दार्चुलामा जिप दुर्घटना, १० जना घाइते

    काठमाडौं। दार्चुलामा यात्रुबाहक जिप दुर्घटनामा परेको छ। गोकुलेश्वरबाट दार्चुलाको सदरमुकामतर्फ जाँदै गरेको जिप मालिकार्जुन गाउँपालिका–७, धामीगाडामा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

    आज मध्यान्ह साढे १२ बजे से १ ज १०२२ नम्बरको जिप अनियन्त्रित भएर नालीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले जानकारी दिनुभयो ।

    घाइतेहरूको परिचय खुल्न बाँकी रहेको र उनिहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको रावतले बताउनुभयो।चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


    बिहिवार, भाद्र २७ २०८१०३:४०:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij