Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बिहिवार, भाद्र २७ २०८१

  • 592
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको मौसम अहिले सामान्य छ ।

    कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो सुदूरपश्चिममा साधरणतया देखि पूर्णतः बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।

    राति सुदूरपश्चिममा साधरणतया देखी पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    हाल देशभर मनसुनी वायुको प्रभाव छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।

     


    बिहिवार, भाद्र २७ २०८१०७:३६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij