Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

तनहुँमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

तनहुँमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

  • बुधवार, भाद्र २६ २०८१

  • 274
    SHARES

  • तनहुँमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

    काठमाडौं । तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो ।

    तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो ।

    १५ जना सवार उक्त गाडीमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको उहाँले बताउनुभयो । घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको छ ।

    उद्धारको क्रम जारी नै रहेको विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।


    बुधवार, भाद्र २६ २०८१०५:३६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij