काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो। १५ जना सवार उक्त गाडीमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको र थप विवरण आउन बाँकी छ।
तनहुँका डीएसपी दीपककुमार रायका अनुसार घाइतेमध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम छ।घटनाबारे विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।