Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सुलेमान शङ्कर ‘ईकु’ पक्राउ

सुलेमान शङ्कर ‘ईकु’ पक्राउ

  • बुधवार, भाद्र २६ २०८१

  • 455
    SHARES

  • सुलेमान शङ्कर ‘ईकु’ पक्राउ

    काठमाडौं। कलाकार भिसामा युरोप पठाउने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको आरोपमा सुलेमान शङ्कर ‘ईकु’ पक्राउ परेका छन् ।

    इकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भनी आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मस् प्रा.लि. को नाममा ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा प्रति व्यक्ति १५ देखि २० लाख रुपियाँ रकम जम्मा गर्न लगाएका पाइएको प्रहरीले जनाएको छ।

    भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्टलगायतका कागजातसमेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमका लागि तयारी हुँदैछ भनेर लामो समयसम्म झुलाई पीडितहरुसँग सम्पर्कविहीन रही ठगी कार्यमा संलग्न रहेको पाइएको छ।

    नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार ईकुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

     


    बुधवार, भाद्र २६ २०८१०३:४२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij